समाचारआइतबार, भाद्र १५, २०७१

संयन्त्र बनाएर सरकार कब्जा गर्ने एमाओवादीको दाउः बिजुक्छे

हिमालखबर

१५ भदौमा मध्यपुर थिमिमा आयोजित कार्यक्रममा बोल्दै नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले अहिलेको समयमा उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नहुँदा पनि संयन् त्र गठनको माग गर्नु एमाओवादीको सरकार कब्जा गर्ने खेल भएको बताएका छन् ।

“उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो भने त्यसले सरकारलाई गाइड गर्छ, सरकारले स्वतन्त्र भएर काम गर्न सक्दैन,” बिजुक्छेले भने, “संयन्त्रले सरकारसँग विभिन्न माग राख्छ, एमाओवादीले संयन्त्र आफूले चलाएर सरकार कब्जा गर्न खोज्दैछ, ।”

संयन्त्रको आवश्यकता एमाओवादीलाई हो कि देशलाई हो भन्ने स्पष्ट हुनुपर्ने बताउँदै उनले देशका लागि संयन्त्र गठन गर्ने हो भने सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्नेमा जोड दिए ।

एमाओवादी संसद्मा पञ्चायती शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले एमाओवादीले सदन चल्न नदिए संविधान निर्माणमा अवरोध हुने दाबी गरे । संविधान बनाउनुभन्दा पनि संसद् अवरुद्ध गरेर एमाओवादीले आफ्नो हात माथि परेको देखाउन चाहेको उनको भनाइ छ ।

संविधानसभामा भागबन्डाका आधारमा सभासद् मनोनित गरेको विषयमा असन्तुष्ट जनाउँदै उनँले भागबन्डाका आधारमा नभई विज्ञलाई मनोनित गर्नुपरिने धारणा राखे ।

“आफन्त र भाइभतिजालाई सभासद् मनोनयन गरेर कुनै उपलब्धि हुँदैन, २६ जना मनोनयनमा निर्वाचनबाट आउन नसक्ने तर विशेषज्ञ, संविधान विज्ञ, कानून विज्ञलाई मनोनयन गरेको भए उपलब्धि हुन्थ्यो,” बिजुक्छेले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>