समाचारसोमबार, भाद्र १६, २०७१
नेपाली व्यापारीमाथि भारतमा गोली प्रहार
रौतहट जिंगडवा बेलविछवा–२ र गम्हरिया विर्ता गाविस भुसहाका भैंसी व्यापारीमाथि भारतको सीतामढीमा गोली प्रहरी भएको हो । भैंसी किन्न सँगै भारत गएको बेला बेलविछवाका शेख सराजुल र भुसहाका शेख खहेरु मन्सुरमाथि १५ भदौ साँझ गोली प्रहार भएको हो ।
सीतामढी जिल्लाको सुपी प्रखन्डको ससौला गाउँनजिक उनीहरुमाथि गोली प्रहार भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रामप्रकाश चौधरीले जानकारी दिए । मोटरसाइकलमा गइरहेका अवस्थामा उनीहरुमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।
गोली प्रहारबाट दुवै जना घाइते छन् । उनीहरुलाई भारतको सुपी प्रखन्ड थाना प्रभारीले उद्दार गरी निजी अस्पतालमा पुर्याएका थिए ।
दुवै जनाको भारतमै उपचार भइरहेको रौतहटका प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । उनले घटनाको कारण अझै थाहा पाउन नसकेको बताए ।
सञ्जय साह मित्र, रौतहट
