समाचारआइतबार, आश्विन १४, २०६९
एमाओवादी संविधान बनाउन चाहँदैन: देउवा
नेपाल प्रेस युनियनको १४ असोजमा आयोजित उपत्यकास्तरीय भेलामा उनले एमाओवादीले नयाँ संविधान बनाउनै नचाहेको भन्दै सत्तामा बसिरहन एमाओवादीले संविधानसभा विघटन गराएको आरोप लगाए ।
“एमाओवादी प्रजातान्त्रिक संविधान बनाउन चाहँदैन, ऊ अँझै पनि प्रजातान्त्रिक पद्दतिमा रुपान्तरित हुन सकेको छैन,” उनले भने, ‘‘लोकसेवा आयोग, निर्वाचन आयोग र न्यायालयजस्तै राष्ट्रपति कार्यालयसमेत संवैधानिक निकाय हो, राष्ट्रपति कार्यालयले सन्तुलन कायम गर्छ,’’
कार्यक्रममा नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री भट्टराईलाई सत्ता चलाउन आवश्यक पर्ने चाबी राष्ट्रपतिसमक्ष पुगेको दाबी गरे ।
‘‘प्रधानमन्त्रीले सत्ता चलाउने चाबी अन्यत्रै छ भन्नु गलत हो,’’ सिटौलाले भने, ‘‘सत्ताको चाबी कतै गएको छैन, राष्ट्रपतिसमक्ष पुगेको छ, प्रधानमन्त्रीले सत्ता चलाउन नजानेपछि चाबी राष्ट्रपतिसमक्ष पुगेको हो, डराउनु पर्दैन् ।’’
पे्रस युनियन उपत्यका समितिका सभापति लीलाराज खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकारहरु कुलचन्द्र वाग्ले, हरिहर विरही, टे«ड युनियन काँगे्रसकी उपाध्यक्ष रीता खनाललगायतले नेपाली सञ्चारजगत्ले स्वतन्त्र पे्रसको उपयोग अझै पनि निर्वाधरुपमा गर्न नपाएको टिप्प्णी गरेका थिए ।
