समाचारआइतबार, आश्विन १४, २०६९
काँग्रेस र एमाले राष्ट्रपतिलाई उचाल्दैछन: एमाओवादी
पार्टी कार्यालय कोटेश्वरमा १४ असोजमा पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले कांग्रेस र एमालेको चाहना अनुसार राष्ट्रपतिले सरकार परिवर्तन गरेमा मुलुक संवैधानिक संकटमा फस्ने चेतावनी दिए । उनले आफूहरु सहमतिका लागि तयार रहेपनि कांग्रेस–एमालेले सत्तालाई प्राथमिकतामा राखेकाले मुलुकले निकास नपाएको दाबी गरे ।
कांग्रेस–एमालेले संविधानसभाको नभई संसद्को निर्वाचन चाहेकोले त्यो आफूहरुलाई मान्य नहुने भन्दै उनले संविधान निर्माणका आधारभूत विषयमा सहमति हुन सके काँग्रेसको नेतृत्वमा पनि सरकार गठन हुनसक्ने वताए । तर यथास्थितिमा काँग्रेसको नेतृत्व स्वीकार्य नहुने भन्दै उनले कुनै स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिने धारणा व्यक्त गरे ।
प्रवक्ता सापकोटाले अन्य दलहरुले भनेजस्ता संसद्को निर्वाचनमा जाँदा विभिन्न आन्दोलनका उपलब्धिहरु गुम्ने खतरा रहेको भन्दै कांग्रेस एमालेले २०४७ सालकै संविधानलाई निरन्तरता दिन खोजेको ओराप लगाएका थिए ।
