समाचारमंगलबार, भाद्र १७, २०७१

न्यायालय र निर्देशक सिद्धान्तमा सहमति

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको १७ साउनमा बसेको बैठकले न्यायपालिका र मौलिक हकअन्तर्गतका अधिकांश विषयमा सहमति भए पनि सम्पत्ति हकको विषय भने निष्कर्षमा पुग्न बाँकी रहेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए ।

त्यसैगरी, बैठकले राज्यको निर्देशक सिद्धान्तमा पनि सहमति गरेको छ । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’मा सबै राजनीतिक दलले सहमति जनाएका छन् । तर राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको सैद्धान्तिक असहमति रहेकाले ती पार्टीको फरक मतसहित सहमति भएको सभापति भट्टराईले बताए ।

उनले राज्यको पुनःसंरचना र शासकीय स्वरुपका विषयमा छलफल भए पनि राजनीतिक दलका आ–आफ्ना अडान दोहो¥याएकाले निष्कर्षमा पुग्न नसकिएको उल्लेख गर्दै ती विषयमा आगामी बैठकमा छलफल गरिने जानकारी गराए ।

समितिका सदस्य लक्ष्मणलाल कर्णले समानुपातिक समावेशी सहभागिता र सामाजिक व्यवस्थासहित सङ्घीय एकाइ निर्माण गरेर लोकतान्त्रिक अधिकारसहितको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’मा सहमति भएको बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>