समाचारमंगलबार, भाद्र १७, २०७१

नेकपा–माओवादीले ८ बुँदे माग दोहोर्‍यायो

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा १७ भदौमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादीबीचको वार्तामा एमाओवादीले सर्वपक्षीय सम्मेलन गर्नेसम्बन्धी यसअघिका ८ बुँदे माग अघि सारेको छ ।

मुख्य दलहरुले भने मागबारे छलफल गरेर १९ भदौमा फेरि वार्ता गर्ने बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार यसअघि २६ जेठमा नै एमाओवादीले अघि सारेका ८ बुँदे मागप्रति तीन दलले पुनर्विचार गर्न आग्रह गरेपछि नेकपा–माओवादीका नेताहरु वार्ता हुन नसक्ने भन्दै आक्रोशित भएका थिए ।

तर, फेरि ८ बुँदेप्रति तीन दलको साझा धारणा बनाएर वार्तामा बस्ने सहमति भएको थियो ।
यस्तो छ नेकपा–माओवादीको ८ बुँदे माग:

सर्वपक्षीय सभाबारे

१. नाम: सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा

२. क्षेत्राधिकारः दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने ।

३. आयोजकः तत्काल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र नेकपा–माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने ।

४. व्यवस्थापनः नेपाल सरकारले गर्ने ।

५. सहभागिताः संविधानसभा–२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने ।

६. कार्यसूची: आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने ।

७. निर्णय प्रक्रियाः सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने ।

८. निर्णय कार्यान्वयनः संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयम्ले गर्नेछ । राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने ।

मिति: २०७१ जेठ २६ गते
नेकपा–माओवादी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>