समाचारमंगलबार, भाद्र १७, २०७१

भाइरस किलर्सका अमरेन्द्रलाई सर्वस्वसहित जन्मकैद

हिमालखबर

सप्तरीको त्रिकौल–३ निवासी ३३ बर्षीय अमरेन्द्र गोइतले लोहजरा–२ का ६० बर्षीय झरीलाल कुसियैत यादवको अपहरण गरी हत्या गरेको अभियोगमा जिल्ला अदालतले गोइत र त्रिकौल–५ का सुरेन्द्र गोइतलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

कुसियैत हत्यामा सहयोग गर्नेहरु लोहजरा–२ का ३० वर्षीय शिवनारायण यादव, ३३ वर्षीय जोगेन्द्र मरिक यादव, लोहजरा–४ का ३१ वर्षीय वीरेन्द्र गुरमैता यादव, ६५ वर्षीय रवि मरिक, लोहजरा–६ का ३४ वर्षीय सत्यनारायण यादव र डाढा– ५ का २७ वर्षीय नागेश्वर गिरीलाई ३÷३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले सोही घट्नाका अन्य आरोपी मोहनपुर– ३ का २८ बर्षीय उमेश रामलाई सफाई दिएको छ भने फरार रहेका त्रिकौल–४ का जनतान्त्रिक तराई मुक्ति मोर्चाका कमाण्डर जयप्रकाश यादव र लोहजरा–२ का ६० बर्षीय रामेश्वर बिराजी यादवको मुद्दा मुल्तवी राखिएको छ ।

२ मंसीर २०६५ मा झरीलाललाई अपहरण गरी गोली हानी हत्या गरेका थिए ।

मृतकका छोरा शिवनारायण यादवले ३ मंसीर २०६५ मा हुलिया जाहेरी र पत्नी बिन्दादेवी यादवले १७ मंसीरमा आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

सजाय सुनाइएका मध्येका अमरेन्द्र, सुरेन्द्र, शिवनारायण, जोगेन्द्र र नागेश्वर कारागारमा छन् ।

अमरेन्द्र हाल क्षेत्रीय कारागार कार्यालय झुम्कामा थुनामा छन् भने सुरेन्द्र, शिवनारायण, जोगेन्द्र र नागेश्वर राजविराज कारागारमा छन् ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>