थप समाचारबुधबार, भाद्र १८, २०७१

आइएसद्वारा अर्का अमेरिकी पत्रकारको हत्या

हिमालखबर

सन २०१३ मा सिरियामा अपहरणमा परेका अमेरिकी पत्रकार ३१ वर्षीय स्टीभन सटलफको हत्या गरिएको देखिने भिडियोको आधिकारिता पुष्टि गर्ने प्रयत्न भइरहेको ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले बताएका छन् ।

यसअघि अगष्ट महिनामा अर्का अमेरिकी पत्रकार जेम्स फोलेको हत्या गर्ने क्रममा इस्लामिक स्टेटले बनाएको भिडियोको अन्त्यमा सटलफलाई पनि देखाइएको थियो।

पछिल्लो भिडियोमा विद्रोहीले उनीहरुको नियन्त्रणमा रहेका बेलायती नागरिकलाई पनि मार्ने धम्की दिएका छन्।

फोलीको मृत्युपछि सटलफकी आमाले स्लामिक स्टेटका नेता अबु बकर अल बगदादीको नाममा उनको छोरा सटलफको जीवन बचाउन अपील गरेकी थिइन्।

अमेरिकाले हालै स्लामिक स्टेटले कब्जा जमाएका इराकका विभिन्न स्थानमा दर्जनौं हवाइ कारवाही गरेको थियो।

‘सेकेन्ड म्यासेज टु अमेरिका’ शीर्षक दिइएको उक्त भिडियो साढे दुइ मिनेट लामो छ र उक्त स्थान मरुभूमी जस्तो देखिन्छ।

सटलफ कसैप्रति पूर्वाग्रह नराख्ने, स्वतन्त्र र निस्पक्ष रिपोर्टिङ गर्ने पत्रकार भएको उनका साथीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सटलफले टाइम म्यागेजिन, फरेन पोलीसी र क्रिश्चियन साइन्स मनिटरका लागि काम गरेका छन् र इजीप्ट, लीबिया र सिरियाबाट रिपोर्टिङ गरेका थिए।

आइएस इराक र सिरियाका विभिन्न भागमा कब्जा जमाइरहेको चरमपन्थी विद्रोही संगठन हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>