समाचारबुधबार, भाद्र १८, २०७१
पीटीए वार्ताका लागि नेपाली टोली दिल्ली जाँदै
मन्त्रिपरिषदको १७ भदौको बैठकले ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वको ८ सदस्यीय टोलीलाई पीटीएका बारेमा वार्ता गर्ने र सम्झौता गर्ने अख्तियारी प्रदान गरेलगत्तै क्षेत्रीको टोली भारत प्रस्थान गर्न लागेको हो
यसअघि भारतले पठाएको प्रस्तावमा संशोधन गरी नेपालले पीटीएका लागि नयाँ प्रस्ताव पठाएपछि भारतले वार्ताका लागि नेपाली टोलीलाई बोलाएको थियो ।
भारतका ऊर्जा सचिव नेतृत्वको टोलीसित नेपालद्वारा प्रस्तावित विद्युत् व्यापार सम्झौताको मस्यौदामा दुई पक्षीय टोलीबीच १८ देखि २० भदौसम्म वार्ता हुनेछ ।
भारतले पीटीएमा वार्ता गर्न आफैंले तत्परता देखाएको र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला ४५ दिनभित्रै पिटिए सम्झौता गर्ने बताएकाले त्यसमा समझदारी हुन सक्ने सम्भावना छ ।
सचिवस्तरीय सहमतिपछि त्यसलाई मन्त्रिस्तरमा सम्झौता गरी अन्तिमरुप दिइने छ । सम्भवतः सार्क सम्मेलनका बेला राजनीतिक स्तरमा पीटीए हुने सम्भवाना रहेको उर्जामन्त्रालय स्रोतले जनाएको छ ।
