समाचारबुधबार, भाद्र १८, २०७१
विपक्षीद्वारा फेरि पनि संसद अवरुद्ध
चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै १३ भदौदेखि ब्यवस्थापिका संसदको बैठक अवरुद्ध पार्दै आएका विपक्षीहरुले १८ भदौको बैठक पनि अवरुद्ध पारेका छन् ।
बैठक शुरु भएलगत्तै सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले विपक्षीहरुको मागलाई बेवास्ता गरेको र एकलौटी रुपमा पेलेरै अघि बढ्न खोजेको आरोप लगाए । “कांग्रेस र एमालेले हामीलाई झुठो तमसुक दिएर धोका दियो, चार बुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नभएसम्म संसद चल्न दिन्नौं,” कर्णले भने ।
सभामुख सुवास नेम्वाङले संसद अवरुद्ध हुँदा जनताको आवाजको सुनुवाई हुन नसकेको र नियमित काम कारवाहीमा बाधा पुगेको भन्दै त्यसो नगर्न विपक्षी दलहरुलाई आग्रह गरेका थिए ।
एमाओवादी र केही साना दलहरु संलग्न मोर्चाले संयन्त्र गठनको माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।
