समाचारआइतबार, आश्विन १४, २०६९

निकासका लागि के गर्ने हो भन्नुहोस् म त्यही गर्दिन्छु: राष्ट्रपति

हिमालखबर

शीतल निवासमा १४ असोजमा दलका नेताहरुलाई बोलाएर राष्ट्रपति यादवले नेताहरुलाई सहमतिका लागि आग्रह गरेका हुन । दलका नेताहरुले भने असोज महिना भित्रै राजनीतिक सहमति जुटाउने प्रतिबद्धता जनाएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । यसअघि नेताहरुले भदौ महिना भित्र सहमति गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकपछि दाहालले भने, ‘राष्ट्रपति ज्यूले यथाशीघ्र मुलुकलाई संवैधानिक र राजनीतिक जटिलताबाट निकास दिनुहोस्, निकासका लागि के गर्ने हो भन्नुहोस् म त्यही गर्दिन्छु भन्नुभयो।’ सहमतिका लागि १५ असोजमा एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको बैठक बस्ने दाहालले बताए ।

प्रमुख दलहरुको राष्ट्रपतिसँग छलफलबाट भट्टराई र नेपाल बाहिरिए

बैठकमा आफ्ना धारणा राखेर प्रधानमन्त्री बाबुराम भट्टराई र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन् । एमाले नेता नेपालका अनुसार राष्ट्रपतिले दलहरुलाई सहमतिका लागि अन्तिम मौका दिनेतर्फ संकेत गरेका छन् ।

वर्तमान गतिरोध अन्त्यका विषयमा अन्य नेताहरुले राष्ट्रपतिसँग आफ्ना धारणा राख्ने क्रम जारी रहेको नेता नेपालले जानकारी दिए ।
बैठकमा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी छन् भने
नेपाली काँग्रेसका तर्फबाट सुशील कोइराला र रामचन्द्र पौडेल सहभागी छन् । त्यस्तै एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी छन् भने नेकपा–माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य र देव गुरुङ् सहभागी छन् । त्यसैगरी मधेशी जनाधिकार फोरम नेपालका उपेन्द्र यादव, मधेशी फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, फोरम गणतान्त्रिकका राजकिशोर यादव, सदभावना पार्टीका राजेन्द्र महतो, नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छे पनि बैठकमा सहभागी छन् ।

बैठकमा उपराष्ट्रपति परमानन्द झा पनि सहभागी छन् । नेताहरुसँग राष्ट्रपतिले गरेको बैठकमा उपराष्ट्रपति पहिलो पटक सहभागी भएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>