समाचारबिहीबार, भाद्र १९, २०७१
सहमति जुटाउन नेताहरुको बिहानैदेखि बैठक
तोकिएको समयसीमा २१ भदौभित्र संविधानका विवादित विषयमा सहमति जुटाउन मुख्य दलहरु छलफलमा जुटेका छन्।
१९ भदौ बिहानदेखि नै संवैधानिक, राजनीतिक, सम्वाद तथा सहमति समितिको बैठक बसेको छ।
समितिको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको शीर्ष नेतृत्वबीच छलफल हुने कार्यक्रम छ।
तीन दलको बैठकमा नेकपा–माओवादीका माग र प्रक्रियाबारे साझा धारणा बनाउने प्रयास हुनेछ । दलहरुबीच समझदारी कायम गरेपछि आजै नेकपा–माओवादीसँग पनि वार्ता हुनेछ।
