समाचारबिहीबार, भाद्र १९, २०७१
मालपोतका नासु घुस लिंदालिंदै पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका नायव सुब्बालाई घुस लिंदै गर्दा पक्राउ गरेको छ ।
आफ्नो जग्गा हालसाविक नापी गर्दा बढेपछि त्यससम्बन्धी कागजातका लागि मालपोत कार्यालय पुगेका सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारले पनेरुलाई १९ भदौ दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले मालपोत कर्मचारी पनेरुबारे थप अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिने जनाएको छ ।
