समाचारबिहीबार, भाद्र १९, २०७१

नेपालकै प्रस्ताव बमोजिम भारतसँग पीटीए

हिमालखबर

भारतको नयाँ दिल्लीमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय समकक्षी प्रदीपकुमार सिन्हाले १९ भदौमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि नेपालले पठाएको सम्झौताको प्रस्ताव अनुसार हस्ताक्षर भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ ।

भारतले यसअघि नेपालको विद्युत उत्पादनको विषयलाई पनि सम्झौताको प्रमुख अंग मान्नुपर्ने प्रस्ताव पठाएको थियो । तर, नेपालले विद्युत उत्पादनलाई अलग राखेर विद्युत व्यापारको विषयमा मात्र सम्झौता गर्न प्रस्ताव गरेको थियो ।

अब दुवै देशका मन्त्रीपरिषद्ले यो प्रारम्भिक सम्झौताको अनुमोदन गरेपछि दुई देशबीच अन्तिम सम्झौता हुनेछ ।

गत साउनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका बेला सम्झौता गर्ने तयारी गरिए पनि सम्झौताका केही बुँदामा सहमति नभएपछि थप छलफल गरेर ४५ दिनभित्र सम्झौता गर्ने समझदारी भएको थियो ।

सम्झौताका लागि ऊर्जा सचिव क्षेत्रीको नेतृत्वमा सात सदस्यीय टोली १८ भदौमा दिल्ली गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>