समाचारबिहीबार, भाद्र १९, २०७१
नेता नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गत साउनको अन्तिम साता आएको बाढीमा रौतहटका तीनवटा उद्योगले रसायन मिसिएको प्रदुषित पानी मिसाउँदा करिब एक हजार विगाहमा लगाइएको धानबाली नष्ट भएको भन्दै किसानहरु आन्दोलनरत छन् । पीडित किसानहरुलाई उचित क्षतिपूर्तिको माग गर्दै एमाले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेता नेपालले उद्योगको प्रदूषणले धानखेती नष्ट भए–नभएको छानविन गरी उद्योगहरु दोषि पाइएमा उनीहरुलाई कार्वाही गर्न समेत माग गरेका छन् ।
१९ भदौमा प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाउन गएको टोलीमा सभासद् रामकुमार भट्टराई, कल्याणी खड्का र एमाले केन्द्रीय प्रचार विभाग सदस्य रेवन्त झा थिए ।
गत साउन २८ देखि ३० सम्म रौतहटका विभिन्न खोलामा आएको बाढीको पानीमा श्रीराम सुगर मिल्स गरुडाको डिस्टिलरी प्लान्ट, ज्योति डिस्टिलरी र बाबा डिस्टिलरीबाट निस्किएको प्रदुषित पानी मिसाएपछि एक हजार एक सय बिगाहामा लगाइएको धानबाली नष्ट भएको किसानहरुको दाबी छ ।
उद्योगहरुका संचालकहरुले डिस्टिलरीको पानी खोलाको बाढीमा नमिसाएको बताइरहेका छन् ।
नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधानसभा सदस्य हुन् ।
सञ्जय साह मित्र
यो पनि पढ्नुहोस

