समाचारबिहीबार, भाद्र १९, २०७१

नेकपा–माओवादी सहित ४ दलको कार्यदल गठन

हिमालखबर

संविधान निर्माणका विवादित विषयमा सहमित जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादीका प्रतिनिधि सम्मिलित आठ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला र नरहरी आचार्य, एमालेका भीम रावल र अग्नी खरेल, एमाओवादीका कृष्णवहादुर महरा र खिमलाल देवकोटा, नेकपा(माओवादीका देव गुरुङ र पम्फा भुसाल रहेको नेकपा–माओवादीका प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।

कार्यदलले नेकपा–माओवादीले सर्वपक्षीय सम्मेलनका लागि राखेको ८ बुँदे मागलाई प्रक्रियामा लैजाने बारेमा टुंगो लगाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>