समाचारशुक्रबार, भाद्र २०, २०७१
बर्दियामा राजमार्ग भत्कँदा यातायात ठप्प
१९ भदौ रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियामा अम्रेनी चेकपोष्ट देखि ५ किलोमिटर पश्चिमतर्फ ह्युम पाइप राखेर बनाईएको बैकल्पिक सडक बगाएपििछ यातायात अबरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि राजमार्गमा एम्बुलेन्ससहितका सवारी साधनहरु अलपत्र परेका छन् भने विरामी र यात्रुको विचल्ली भएको छ ।
जोखिम मोलेर केही व्यक्तिले पैदलै खोला पार गरे पनि सहजरुपमा ओहोर–दोहोर गर्न सकिने अवस्था नरहेको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।
यसअघि २९ साउनमा आएको बाढीले यसै ठाँउमा रहेको कल्भर्ट भत्कँदा दुई सातासम्म यातायात अबरुद्ध भएको थियो ।
भावुक योगी, बर्दिया

