थप समाचारशुक्रबार, भाद्र २०, २०७१

बाघको आक्रमणबाट बालिकाको मृत्यु, ५ जनाको ज्यान गइसक्यो

हिमालखबर

आँगनमा खेलिरहेकी सन्धिखर्क नगरपालिका–१० किमडाडाकी ५ वर्षीय बालिका सुजाता बिकलाई १९ भदौ साँझ बाघले आक्रमण गर्दा ज्यान गएको छ ।

बालिकालाई बाघले झम्टिएको देखेपछि घरका अन्य सदस्य चिच्चाएर बाघको फन्दाबाट बालिकालाइ उम्काएका थिए ।

आक्रमणबाट गम्भीर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

३ दिनअघि मात्रै सन्धिखर्क–१० गाजरीमा पनि एक बालक बाघको आक्रमणबाट घाइते भएका थिए ।

त्यसैगरी नुवाकोटमा २, किमडाडामा १ र सन्धिखर्कमा १ का गरी ४ जना बालबालिकाको बाघले यसैवर्ष ज्यान लिइसकेको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>