थप समाचारशनिबार, भाद्र २१, २०७१

भारत र अष्ट्रेलियाबीच परमाणु सम्झौतामा हस्ताक्षर

हिमालखबर

भारत भ्रमणमा रहेका अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० भदौमा परमाणु सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै भारतले अष्ट्रेलियाबाट युरेनियम किन्न सक्नेछ । भारतले धेरै अघिदेखि उर्जा क्षेत्रको विकासका लागि युरेनियमको आवश्यकतामा जोड दिंदै आएको थियो ।

भारत जानुअघि अष्ट्रेलियाली संसदमा टोनी एबटले आफूले भारतसँग परमाणु सम्झौता गरेर युरेनियम बेच्ने अपेक्षा राखेको बताएका थिए ।

रुसलाई युरेनियम बेचिरहेको अष्ट्रेलियाले युक्रेन संकट शुरु भएपछि युरेनियम विक्री बन्द गरेको थियो ।

भारत–अष्ट्रेलियाबीच युरेनियम सम्झौताका लागि दुईवर्ष अघिदेखि तयारी भइरहेको थियो ।

अष्ट्रेलियासँग विश्वको करिव ४० प्रतिशत युरेनियम भण्डार छ ।

विद्युतको अभाव भइरहेको भारतले परमाणु उर्जाबाट विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको छ ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>