समाचारशनिबार, भाद्र २१, २०७१

यातायात व्यवसायीको अध्यक्षमा दिनेश भण्डारी

हिमालखबर

चितवनको रत्ननगरमा तीन दिनसम्म चलेको महाधिवेशनले दिनेश भण्डारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ । प्रजातान्त्रिक प्यानल र वामपन्थी प्यानलबाट उम्मेदवारी परेको महाधिवेशनमा अध्यक्षलगायत अधिकांश प्रजातान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका हुन् ।

२० भदौ राति सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा डोलनाथ खनाल, विजय स्वाँर र दीपक अधिकारी विजयी भए ।

उपाध्यक्षमा केदारनाथ पौडेल, पुष्पा श्रेष्ठ, रामप्रसाद सुवेदी, हरिशरण केसी र भरत तिमिल्सिना विजयी भए । पाँच जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।

महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा सुरेश हमाल र डेकनाथ गौतम, सचिवमा सानुकाजी प्रजापती र वसन्त भण्डारी, कोषाध्यक्षमा सुयस पौडेल र सहकोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले बताए ।

एक हजार ५२१ मतदातामध्ये कुल एक हजार ४२८ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि अञ्चल, क्षेत्रीय र वर्गीय गरी २७ संयोजक भने निर्विरोध निर्वाचित भएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>