थप समाचारसोमबार, भाद्र २३, २०७१

कार्टर सेन्टरको तथ्यांक सोसल साईन्स बहाःलाई हस्तान्तरण

हिमालखबर


सेन्टरले सन् २००९ जुनदेखि २०१३ सेप्टेम्बरसम्म संकलन गरेको अवलोकन तथ्याँक भदौ २३ गते बहाःलाई हस्तान्तरण गरेको हो । सेन्टरको डेमोक्रेसी प्रोग्रामकी एसोसियट डाईरेक्टर कोनी मुन सेहाटले डिजिटल तथ्याँक बहाःका अध्यक्ष प्रा. निर्मलमान तुलाधरलाई हस्तान्तरण गरेका हुन । अध्यक्ष तुलाधरले तथ्याँक नेपालको समाज विज्ञान अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । सेन्टरले यसबीचमा २८ वटा रिर्पोट प्रकाशित गरेको थियो ।

सेन्टरले यसबीचमा २८ वटा रिर्पोट प्रकाशित गरेको थियो ।

सेन्टरकी एसोसियट डाईरेक्टर कोनीले अनुसन्धानमा समर्पित वहाःले तथ्याँकको वृहत तथा दीर्घकालिन प्रयोग गर्नेमा आफू विश्वस्त रहेको धारणा राखिन् । उनले शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा ७५ जिल्लामा पुगेर स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्टेकहोल्डर्ससँग अन्तर्वार्ता गरेर निकै महत्वपूर्ण हुने बताईन् ।

कार्यक्रममा बहाःका निर्देशक दीपक थापाले तथ्याँक बहाःको बत्तीसपुतलीस्थित लाईब्रेरीमा पुगेर अध्ययन गर्न सकिने जानकारी दिए । निर्वाचन, संघीयता, माओवादी लडाकु लगायतका विषयमा संकलित तथ्याँक निकट भविष्यमा जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरी वेभसाइटमा राखिने पनि निर्देशक थापाले बताए ।

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको नाममा स्थापित सेन्टरले सन् २००७ देखि २०१४ फेव्ररीसम्म संविधानसभा निर्वाचन, शान्ति प्रक्रिया लगायतका विषयमा अवलोकन गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>