समाचारमंगलबार, भाद्र २४, २०७१

प्रेस युनियनको अध्यक्षमा सिग्देल निर्वाचित

हिमालखबर

पोखरामा २३ भदौमा सम्पन्न नेपाल प्रेस युनियनको ८ औं महाधिवेशनमा ६४२ मत ल्याई बद्री सिग्देल निर्वाचित भएका छन् ।
सिग्देलका निकटतम प्रतिद्वन्द्वी शिव लम्सालले ४४४ मत प्राप्त गरे भने अर्का प्रत्याशी भुवन भट्टले ६९ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले २०५ मत प्राप्त गरे । खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा ५७२, रमेश पौडेल ३९३, महिला उपाध्यक्षमा बाला अधिकारी (निर्विरोध) र समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई ६२६ मत ल्याई विजयी भएका छन् ।

महासचिवमा ६६२ मत प्राप्त गरी अजयबाबु सिवाकोटी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी होमप्रसाद लम्सालले ४१६ मत प्राप्त गरे ।

उपमहासचिवमा प्रेम केसीले ७८२ र भीष्मराज ओझाले ५८५ मत प्राप्त गरी विजयी भए । महिला उपमहासचिवमा सलोजा दाहाल निर्विरोध निर्वाचित भइन् ।

सचिवतर्फ खुल्लामा खिला कार्की ४१० र सूर्यकुमार क्षेत्री ३९९, महिलामा दीपा आले (निर्विरोध) तथा समावेशीमा ६५७ मत प्राप्त गरी केबी राना विजयी भए ।

मत परिणामअनुसार ७०४ मत ल्याई सरोज अधिकारी कोषाध्यक्षमा निर्वाचित भए उनका प्रतिद्वन्द्वी भीमप्रसाद गौतमले ४०५ मत प्राप्त गरे ।

क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे ६३१, मध्यमाञ्चलमा राममणि दाहाल ६३६, पश्चिमाञ्चलमा प्रदीप काफ्ले ३३६, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा ३०५, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी ४२५ र बागमतीमा रमेश खतिवडा ५६० मत प्राप्त गरी विजयी भए ।

विजयी हुने खुल्ला केन्द्रीय सदस्यमा राजाराम कार्की, वसन्त पराजुली, माधव धिताल, दिलीप पौडेल, ऋषिकान्त पौडेल, युवराज रेग्मी, जयसिंह केसी लगायत छन् ।

अञ्चल संयोजकमा मेची– गोविन्दचन्द्र क्षेत्री, कोसी– उद्धव तिमिल्सना, सगरमाथा– नवीन राई, जनकपुर– रोशन न्यौपाने (निर्विरोध), बागमती– मुरारी अधिकारी, नारायणी– सञ्जय कार्की (निर्विरोध), लुम्बिनी– माधव अर्याल, गण्डकी– टङ्क अधिकारी (निर्विरोध), धौलागिरि– ज्ञानेन्द्र गौतम, राप्ती– केपी घिमिरे (निर्विरोध), भेरी– राजेन्द्रबहादुर कार्की, कर्णाली– खेगन्द्र भट्टराई, सेती– जगत सावन्त, महाकाली– हरिश भट्ट, र उपत्यका– निरज खतिवडा विजयी भएका छन् ।

महाधिवेशनमा देशभरका १ हजार २८५ केन्द्रीय पार्षद् सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>