समाचारसोमबार, आश्विन १५, २०६९

सामाजिक सद्भाव खल्बल्याउनेसँग सहकार्य हुँदैनः पौडेल

हिमालखबर

नेपाल प्रेस युनियनको उपत्यकास्तरीय भेलालाई १५ असोजमा सम्बोधन गर्दै उनले नेकपा–माओवादीले भारतीय गाडी चल्न नदिने निर्णय गर्नु असान्दर्भिक भएको बताए । उपसभापति पौडेलले भारतीय गाडी र सिनेमा चल्न नदिने निर्णयप्रति असहमति जनाउँदै आफूले नेकपा–माओवादीका नेतासामु  त्यस्तो कदमको विरोधसमेत जनाइसकेको स्पष्ट पारे ।

“राष्ट्रपतिसँगको भेटपछि दलहरूले सहमति भइहाल्छ भनेर हात बाँध्ने स्थिति छैन”, उनले भने, “अब दलहरूले दुईपक्षीय र बहुपक्षीय वार्ताको क्रमलाई निरन्तरता दिई जतिसक्दो चाँडो सहमति निकाल्नुपर्छ ।”

संसद नभएको बेला दलहरूले निकास दिनसक्नुपर्नेमा जोड दिँदै उपसभापति पौडेलले भने– “सहमतिमै समस्या समाधान गरौँ । सकिँदैन् भने सबै कुरा राष्ट्रपतिलाई बुझाएर सन्यास लिऔँ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका प्रचार विभाग प्रमुख  मिनेन्द्र रिजालले एमाओवादीले आफ्नो छापसहितको संविधान ल्याउन चाहेकाले अहिले काँगे्रसको सरकार बन्न हुन्न भन्दै आएको दाबी गरे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>