थप समाचारबुधबार, भाद्र २५, २०७१

दुई दिनपछि प्यूठान बन्द फिर्ता

हिमालखबर

आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा २३ र २४ भदौमा प्यूठान जिल्ला बन्द गराएको नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले २५ भदौमा बन्द फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुसार तरुण दलले बन्द फिर्ता लिएको हो ।

आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्नु पर्ने माग राख्दै तरुण दलले २३ भदौदेखि अनिश्चितकालीन प्यूठान बन्दको आह्वान गरेको थियो ।

२२ भदौ साँझ तरुण दलका स्थानीय कार्यकर्ता सनतकुमार श्रेष्ठ माथि खुकुरी आक्रमण गर्नेलाई चाँडै पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाउने जिल्ला प्रशासन कार्यालयले प्रतिवद्धता जनाएपछि बन्द फिर्ता गर्ने सहमति भएको नेपाली कांग्रेस प्यूठानका सचिव शिव रिजालले बताए ।

यसअघि तरुण दलको बन्दलाई कांग्रेस प्यूठानले पनि समर्थन गरेको थियो ।

चाडपर्व नजिकिँदै गर्दा बन्दले सर्वसाधारणलाई सास्ती दिएकोले तरुण दलले बन्द फिर्ता लिने र स्थानीय प्रशासन र प्रहरीले सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

विजुवार–६ का सनत कुमार श्रेष्ठमाथि दाखाक्वाडीको बेलुवा नजिक आक्रमण भएको थियो । आक्रमण गर्ने रम्दी–१ का दिपक सापकोटा र दिपक रोकाको खोजतलासमा व्यापक प्रहरी परिचालन गरिएको प्यूठान प्रहरी प्रमुख डिएसपी दिपक रेग्मीले बताए ।

खुकुरी प्रहारबाट घाईते भएका श्रेष्ठको काठमाण्डौं स्थित टिचिङ्ग हस्पिटलमा उपचार भैरहेको छ ।

विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>