समाचारबुधबार, भाद्र २५, २०७१
विपक्षीद्वारा चौथो पटक संसद अवरुद्ध
एमाओवादीलगायतका साना दलहरुले २५ भदौमा बोलाइएको संसद बैठक शुरु हुनसाथ अवरुद्ध पारेका छन् ।
शुरुमा सभामुखसँग समय लिएर बोलेका विपक्षी दल मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्चस्तरीय संयन्त्र गठन लगायतका माग पूरा नभएसम्म संसद सुचारु हुन नदिने बताए । उनले सत्तारुढ दलहरुले बहुमतको दम्भमा मधेशी दलहरुलाइ बेवास्ता गरिएको आरोप पनि लगाए ।
विपक्षीले संसद सुचारु हुन दिएपछि सभामुख सुवासचन्द्र नेम्वाङले २६ भदौ साँझ ५ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

