समाचारबुधबार, भाद्र २५, २०७१

एन्फा कप फुटबलको उपाधि झापालाई

हिमालखबर

२५ भदौमा दशरथ रंगशालामा भएको एन्फा कपको  फाइनलमा संकटालाई ४–० ले हराउँदै झापा–११ ले उपाधि जितेको छ ।

उपाधिसँगै झापाले रु. १० लाख हात पारेको छ भने दोस्रो हुने संकटाले ५ लाखमा चित्त बुझाउनु पर्‍यो ।

खेलको ४३ औं मिनटमा झापाका तर्फबाट नागेन्द्र लिम्बुले पहिलो गोल गरेका थिए ।

५३ औं मिनटमा दोस्रो पहेंलो कार्ड पाएर सुरज थिङ मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको संकटालाई झापाका कर्ण लिम्बुले ७६ औं मिनटमा पेनाल्टी प्रहार गरी २–० को अग्रता दिलाए ।

त्यसैगरी ८६ औं मिनटमा विकास राई र ८८ औं मिनटमा बुद्ध चेम्जोङले एक एक गोल गरेका थिए ।

सेमी फाइनल सम्म पुगेका आर्मी र एपीएफले एक एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>