समाचारबुधबार, भाद्र २५, २०७१

संविधानसभाको बैठक आज

हिमालखबर

कार्य व्यवस्था परामर्श समितिको २५ भदौ विहान बिहान बसेको बैठकले संविधानसभा बैठक २६ भदौ साँझ बोलाउने निर्णय गरेको छ । यसअघि बैठक २५ भदौमै बस्ने बताइएको थियो ।

बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीति सम्वाद तथा सहमति समितिले संविधान निर्माणका सम्बन्धमा जुटाएको सहमति तथा सहमति हुन नसकेका विषयहरु समेटिएको एकमुष्ठ प्रतिवेदन पेस गर्ने कार्यसूचीसहित बैठक बोलाइएको सभासद् धनराज गुरुङले जानकारी दिए ।

संविधानसभाको बैठकले सम्वाद समितिमा सहमति भएका विषयलाई संवैधानिक मस्यौदा समितिमा पठाउने र असहमति कायम रहेका बुँदाहरुलाई भने के गर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।

दलहरुको बीचमा शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा हालसम्म सहमति हुन सकेको छैन ।

सहमति नभएपछि संवाद समितिको २१ भदौसम्मको कार्यतालिकाअनुसार काम हुन सकेको थिएन ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>