काउन्सिलको २५ भदौमा बसेको बैठकले बरिष्ठ पत्रकार रेग्मीलाई एक लाख नगदसहितको पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
काउन्सिलले अन्य विभिन्न विधामा २२ पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आगामी ६ असोजमा पुरस्कार वितरण गरिने काउन्सिलले जनाएको छ ।