समाचारबिहीबार, भाद्र २६, २०७१
आठ नेपाली महिलाको दिल्लीबाट उद्धार
जोगवनी नाकाबाट दिल्ली रेल स्टेशन पु-याइएका ती महिलाहरुलाई २५ भदौमा नेपाल प्रहरी, साना हात नेपाल र आड्रा इण्डियाको संयुक्त पहलमा उद्धार गरिएको हो ।
उद्धारपछि उनीहरुलाई साना हात नेपालको संरक्षणमा राखिएको छ । ती महिलालाई त्यसतर्फ लैजाने काठमाडौंकी एक महिला भने फरार रहेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए ।
–कमल रिमाल, विराटनगर
