समाचारबिहीबार, भाद्र २६, २०७१
सर्वपक्षीय सम्मेलनबारे शीर्ष नेताहरू छलफलमा
नेकपा–माओवादीसँग तीन दलले सर्वपक्षीय सम्मेलन गर्ने सहमति गरे पनि कहिले र कुन आधारमा सम्मेलन गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । सम्मेलनको मिति र प्रक्रियाबारे सहमति जुटाउन विहान ९ बजेदेखि छलफल भइरहेको नेकपा–माओवादीका प्रवक्ता पम्फा भूसालले बताइन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छलफलमा चार दलका शीर्ष नेताहरुबीच छलफल भइरहे पनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको माओवादी प्रवक्ता भूसालले जानकारी दिइन् ।
यसअघि सम्मेलनको मिति, प्रक्रिया र विधि बारे सहमति जुटाउन चारदलका प्रतिनिधि सम्मिलित आठ सदस्यीय कार्यदल बनाए पनि सहमति जुट्न नसकेपछि अहिले शीर्ष नेतृत्व तहमा छलफल हुन लागेको हो ।
