थप समाचारबिहीबार, भाद्र २६, २०७१

अशोक राईलाई छोडेका विद्यार्थी नेताहरू एमालेमा

हिमालखबर

अनेरास्ववियुले २६ भदौमा मिनभवनमा स्वागत कार्यक्रम आयोजना गरी संघीय समाजवादी परित्याग गरेका शैलेस लामासहितका विद्यार्थी नेताहरुलाई प्रवेश गराएको छ ।

पुनः एमाले फर्केका विद्यार्थी नेताहरुलाई एमाले सचिव पृथ्वी सुब्बा गुरुङले स्वागत गरेका थिए । २५ भदौमा संघीय विद्यार्थी युनियनका अध्यक्ष शैलेश लामा, सचिव चन्द्र थिङ, सचिवालय सदस्यहरु किरण सापकोटा, नेत्र लामा, दीपक लौन, दीपेन्द्र लामा, बिमल मिश्र, निश्चल ढुंगेललगायत दुई दर्जनले संघीय समाजवादी परित्याग गरेका थिए ।

अनेरास्ववियुका सचिव भक्तकुमारी लामाका अनुसार विद्यार्थी युनियन सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सूर्य लामा पनि एमालेमै फर्किएका छन् । यसअघि उक्त युनियनका महासचिव प्रवेश आलम अन्सारी एमालेमा फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>