समाचारबिहीबार, भाद्र २६, २०७१

सर्वपक्षीय सम्मेलन अनिश्चित

हिमालखबर

नेकपा–माओवादीको माग अनुसार सर्वपक्षीय सम्मेलन गर्ने  सहमतिमा पुगेका दलहरुबीच त्यसको प्रक्रिया, कार्यविधि र मिति बारे २६ भदौमा भएको छलफल सहमतिमा पुग्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेदेखि चार घण्टासम्म चलेको चार दलका शीर्ष नेताहरुको छलफलले पनि सहमति जुटाउन नसकेपछि सहमति जुटाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको छ । यसअघि कार्यदलमा सहमति नभएपछि सहमति जुटाउने जिम्मा शीर्ष नेतृत्वले लिएको थियो ।

कार्यदलमा कांग्रेस, एमाले, एमाओवादी र माओवादीका दुई–दुई जना गरी ८ जना प्रतिनिधि संलग्न छन् ।

संविधानसभा बाहिर रहेको नेकपा–माओवादीलाई पनि संविधान निर्माणमा सहभागी गराउन सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने सहमति भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>