समाचारबिहीबार, भाद्र २६, २०७१

विपक्षीद्वारा संसद बैठक पाँचौ पटक अवरुद्ध

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

संसद सुचारु गर्नका लागि तीन दलहरुबीच बालुवाटारमा भएको छलफलमा सहमति नभएपछि २६ भदौको संविधानसभा बैठक पनि अवरुद्ध भएको छ ।

वैठक शुरु भएपछि तमलोपाका सभासद सर्वेन्द्रनाथ शुक्लाले संविधान निर्माणमा सहमति जुटाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नु आवश्यक रहेको भन्दै संयन्त्र गठन नहुँदासम्म संसद चल्न नदिने बताएका थिए ।

त्यसपछि विपक्षी दलका सभासदहरु उठेर विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक २७ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

सभामुख नेम्वाङले बैठक सुचारु हुने अवस्था सृजना गर्न सरकार र विपक्षी दलहरुको ध्यानाकर्षण समेत गराएका थिए ।

एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा उच्‍चस्तरीय राजनीतिक संयन्त्र गठन गरी त्यसमा मधेश केन्द्रित दलहरुलाई पनि सहभागी गराउनु पर्ने अडान राख्दै अाएको छ । यता सत्तारुढ कांग्रेस र एमालेले संविधानसभा अन्तगर्त संवैधानिक राजनीतिक सहमति तथा संवाद समिति गठन भइसकेकाले संविधानसभा बाहिर अर्को संयन्त्रको औ‍चित्य नभएको बताउँदै आएका छन् । यद्दपी यसअघि आलोपालो नेतृत्व गर्ने गरी तीन दलको मात्रै संयन्त्र गठन गर्ने बारे दलहरुबीच सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>