थप समाचारशुक्रबार, भाद्र २७, २०७१

‘डन’ केसी र महर्जन पक्राउ

हिमालखबर

काठमाडौँ–३४ भीमसेनगोलाका स्थायी ठेगाना भएका ४१ वर्षीय निरज केसी र काठमाडौँ–२२ टेबहाल सङ्कटा स्थायी ठेगाना भएका ३५ वर्षीय सुनिल महर्जनलाई महानगरीय अपराध महशाखा काठमाडौंले पक्राउ गरी २६ भदौमा सार्वजनिक गरेकोे छ ।

केसीलाई धरान–१४ विजयपुर र महर्जनलाई काठमाडौँ नक्सालबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । उनीहरूले २०६५ सालदेखि सङ्गठित समूह बनाई विभिन्न समयमा काठमाडौंस्थित विभिन्न स्थानमा चारको हत्या तथा लुटपाटका घटना गराएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विसं २०६६ मा बाफलका एक व्यापारीलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिई रु ५ लाख, १७ कात्तिक २०६७ मा काठमाडौँ–२९ ठमेलका ४२ वर्षीय बौद्ध भिक्षु निमा लामालाई पेस्तोलबाट गोली प्रहार गरी उनको साथमा रहेको रु १० लाख लुटपाटका साथै १० चैतमा टेकु हत्याकाण्ड र २७ चैतमा अञ्जनीकुमार चाचन हत्या काण्डलगायत घटना गराएर उनीहरु फरार थिए ।

त्यसैगरी मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा पर्सा जिल्ला सुर्वणपुर–७ घर भई हाल काठमाडौँ धापासी डेरा गरी बस्ने कृष्ण विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले वैदेशिक रोजगारका लागि दुबई जान लागेका पाँच महिलाको राहदानीमा नक्कली श्रम स्टिकर टाँसी पठाउन लागेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले उनको डेरा खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा रहेका २२ थान राहदानी, १९ थान नागरिकता प्रमाणपत्र र चालचलनसम्बन्धी प्रहरी प्रतिवेदन सात थानसहित रु ८० हजार बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>