थप समाचारशुक्रबार, भाद्र २७, २०७१
‘साहित्यिक यात्रा महोत्सव’ राजधानीमा शुरु
राजधानीको भृकुटीमण्डपमा २७ भदौ देखि महोत्सव शुरु भएको हो । महोत्सव ५ असोजसम्म चल्ने मूल आयोजक समितिले जनाएको छ ।
महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवश आचार्यले संयुक्त रुपमा उदघाटन गरे ।
महोत्सवको पहिलो दिन रमेश विकलको ‘कथादेखि कथासम्म’, विजय चालिसेको ‘विज्ञानको कैदी’ र वासुदेव अधिकारीको ‘युरोस्पर्शः यात्रा कविता’ विमोचन पनि भएको छ ।
साहित्यिक यात्रा महोत्सवमा पुस्तक विमोचनसँगै अटो एथ्नोग्राफी, साहित्य र सौन्दर्य, नेपाली चलचित्रको सौन्दर्यशास्त्र, छन्द कविता वाचन, आदिवासी साहित्यको सौन्दर्य, बहुभाषिक कविगोष्ठी लगायतका कार्यक्रम पनि हुने मूलय आयोजक समितिका संयोजक कुयाङ लामाले जानकारी दिए ।
महोत्सवको कार्यक्रम तालिका









