समाचारशुक्रबार, भाद्र २७, २०७१

एमाओवादी उपाध्यक्ष बोगटीलाई नर्भिक सारियो

हिमालखबर

एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी गंगालाल अस्पतालमा ।

२६ भदौ राति हृदयाघात भएपछि गंगालाल अस्पताल पुर्‍याइएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको गङ्गालाल अस्पतालमा शल्यक्रिया गरी मुटुको भल्भ खोलिएको थियो । उनलाई २७ भदौमा नर्भिक अस्पताल सारिएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएका छन् ।

“चिकित्सकको सल्लाहबमोजिम नै उहाँलाई दिउँसो नर्भिक सारिएको हो,” शर्माले जानकारी दिए, “उहाँ खतरामुक्त हुनुहुन्छ, तर थप उपचार गर्नुपर्ने भएकाले नर्भिकमा सारिएको हो ।”

बोगटीलाई नसासम्बन्धी समस्या पनि भएकोले उपचारका लागि नर्भिक पठाइएको र उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>