समाचारशुक्रबार, भाद्र २७, २०७१

मन्त्रीमण्डलमा हेरफेर, महेश बस्नेत र दीपकचन्द्र अमात्य नयाँ मन्त्री

हिमालखबर

प्रधानमन्त्री कोइरालाले २७ भदौमा दुई मन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन् । पुनर्गठित मन्त्रीमण्डलमा नेकपा एमालेका महेश बस्नेत उद्योग मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दीपकचन्द्र अमात्य नियुक्त भएका छन् ।

नेकपा एमालेले दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिश गरेपछि प्रधानमन्त्री कोइरालाले मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

यसअघि, एमालेकै भीम आचार्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कर्णबहादुर थापाले उद्योग मन्त्रालयल सम्हाल्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>