समाचारशनिबार, भाद्र २८, २०७१

कोष्टारिकामा पक्राउ परेका नेपाली चाँडै छुट्ने

हिमालखबर

कोस्टारिकामा पक्राउ परेका नेपालीहरु । तस्वीर: सार्वजनिक सुरक्षा मन्त्रालय कोस्टारिका

परराष्ट्र मन्त्रालयका अनुसार कोष्टारिकामा पक्राउ परेका नेपाली सम्भवतः आजै छुट्न सक्ने जनाइएको छ ।

मन्त्रालयले २८ भदौमा एक विज्ञप्ति प्रकाशित गरी कोस्टारिकामा समातिएका नेपाली नागरिकको अवस्था बुझी खबर गर्न र उनीहरुको रिहाइका लागि पहल गर्न कोष्टारिकाको सान होसेमा रहेको अवैतनिक वाणिज्यदूतसँग सम्पर्क गरी जानकारी माग गरिएको जनाएको छ ।

अवैधानिक रुपमा अमेरिका जाने क्रममा रहेका ३४ जना नेपाली कोष्टारिकामा समातिएका थिए ।

उनीहरुलाई स्थानीय अवैतनिक वाणिज्यदूतले भेट गरी खानपिनलगायतका सुविधा उपलब्ध गराएको जानकारी प्राप्त भएको परराष्ट्रले जनाएको छ ।

नेपाली पक्राउ परेको स्थान कोष्टारिकाको दक्षिणी क्षेत्रमा रहेका कारण प्रत्यक्ष सम्पर्क गर्न नसकिएकोले स्थानीय अधिकारीहरुसँग प्रत्यक्ष सम्पर्क कायम गरिएको बताइएको छ ।

अमेरिका जान लागेका ३४ नेपाली कोस्टारिकामा पक्राउ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>