समाचारमंगलबार, आश्विन १६, २०६९

भारतीय चलचित्र नरोक: चलचित्रकर्मी

हिमालखबर

राजधानीमा १६ असोजमा आयोजित एक साक्षात्कार कार्यक्रममा चलचित्र निर्माता, निर्देशक अशोक शर्माले नेपाली चलचित्रको उत्थान कुनै चलचित्रमाथिको प्रतिबन्ध भन्दा पनि प्रतिष्पर्धाबाट हुने बताए । शर्माले भारतीय चलचित्र र गाडी सञ्चालनमा रोक लगाउनु नेकपा–माओवादीको सत्तामा पुग्ने चालबाजीमात्रै भएको दावी गरे ।

सरकारले कर र नीतिमार्फत नेपाली सिनेमाको संरक्षण गर्नु पर्ने धारणा व्यक्त गर्दै उनले ग्लोबलाइजेशनको युगमा भारतीय चलचित्र प्रर्दशनमा रोक लगाउँदैमा नेपाली चलचित्रको उत्थान नहुने ठोकुवा गरे ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघका सचिव घनश्याम खतिवडाले हिन्दी सिनेमामाथिको प्रतिबन्ध राजनीति अभिष्ट पुरा गर्ने षडयन्त्र भएको वताउँदै नेपाली चलचित्रको स्तर बृद्धि भएमा भारतीय चलचित्रहरु आफैं विस्थापित हुने स्पष्ट पारे ।

खतिवडाले प्रतिष्पर्धाविहीन बनाएर नेपाली चलचित्र उद्योगलाई धरासायी बनाउने षडयन्त्र भएको आरोप लगाए । नेपाल चलचित्र संघका महासचिव प्रदिप उदयले विदेशी चलचित्रमा रोक लगाए नेपाली चलचित्र फस्टाउँछ भन्ने सोच दिवास्वप्न मात्र भएको भन्दै आफूहरु प्रतिबन्धको विरोधमा रहेको स्पष्ट पारे । उनले अहिलेको समयमा विदेशी चलचित्र रोक्छु भन्नु सूर्यले हत्केला छेक्नु जस्तै भएको बताए ।

चलचित्र निर्माता एवम निर्देशक उद्दव पौडेलले माओवादीले अदुरदर्र्शी आन्दोलन घोषणा गरेको भन्दै यसबाट राजनीतिक अभिष्ट पनि पुरा हुन नसक्ने दावी गरे ।
उनले भोली प्रादेशिक भाषाको कुरा उठे त्यसले नेपाली चलचित्रको भविष्य नै संकटमा पार्ने चेतावनी दिए ।
साक्षात्कारमा नायिका ऋचा शर्मा, नेपाल निर्माता संघका अध्यक्ष राजकुमार राइले पनि भारतीय चलचित्रमा रोक लगाउने नेकपा–माओवादीको निर्णयको विरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>