समाचारआइतबार, भाद्र २९, २०७१
बोगटीको अवस्था अत्यन्तै नाजुक
हृदयघात तथा मस्तिष्कघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका एमाओवादी उपाध्यक्ष बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको हो । हृदयघात भएपछि २६ भदौ राति उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो ।
केन्द्रमा मुटुको शल्यक्रियापछि थप उपचारका लागि उनलाई नर्भिक अस्पतालमा ल्याइएको थियो । अहिले उनको अवस्था अत्यन्तै गम्भीर रहेको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले जानकारी दिए ।
उनको अवस्था गम्भीर भएपछि २९ भदौ बिहान प्रधानमन्त्री सुशील कोइराला अस्पतालमै पुगेर स्वास्थ्य अवस्था बारे बुझेका छन् । यस्तै, एमाओवादी नेताहरु पनि अस्पतालमा पुगेका छन् ।
