समाचारआइतबार, भाद्र २९, २०७१
‘खलंगामा हमला’ लाई मदन पुरस्कार
२०७० सालको मदन पुरस्कार राधा पौडेलको लडाइँ सम्झना ‘खलंगामा हमला’ र जगदम्बा–श्री पुरस्कार शिव रेग्मीलाई दिने घोषणा भएको मदन पुरस्कार गुठीले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको जागिरका क्रममा जुम्लामा रहेका बेला माओवादीले सदरमुकाम खलंगामा आक्रमण गरेको प्रत्यक्ष देखेकी राधा पौडेलले त्यसबेला आफूले देखेका र भोगेका विषयहरु पुस्तकमा समेटेकी छन् ।
शिव रेग्मीलाई साहित्यिक पत्रकारिताको अन्वेषणमा योगदान गरेवापत जगदम्बा–श्री पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।
गुठीको २८ भदौमा बसेको साधारणसभाको बैठकले उक्त निर्णय गरेको हो ।
दुवै पुरस्कारको राशी दुई दुई लाख रुपैयाँ छ ।
मदन पुरस्कार कृतिका लागि प्रदान गरिन्छ भने जगदम्बा-श्री व्यक्ति/संस्थालाई प्रदान गरिन्छ।
