समाचारआइतबार, भाद्र २९, २०७१
स्वायत्त मधेशको पैरवी गर्ने सिके राउत पक्राउ
पूर्व क्षेत्र प्रहरी कार्यालयका प्रमुख डिआइजी नवराज सिलवालले सिके राउतलाई राष्ट्र बिरोधी गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको बताएका छन्।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभु ढकालका अनुसार राउतलाई २८ भदौमा रंगेलीबाट पक्राउ गरिएको हो ।
‘राष्ट्रिय अखण्डता’सँग जोडिएको विषयमा राउतलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
सप्तरीको महादेवा निवासी राउत अमेरिकामा अध्ययन गरेका हुन्।
उनले मधेशको इतिहास र मधेश आन्दोलनसंग सम्बन्धित थुप्रै डकुमेन्टी निर्माणका साथै किताव प्रकाशन गरेका छन् ।
