समाचारआइतबार, भाद्र २९, २०७१

सातौं पटक संसद अवरुद्ध

हिमालखबर

१३ भदौबाट उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै अवरुद्ध गर्न थालेको संसद २९ भदौमा पनि चल्न सकेन ।

बैठक शुरू हुनु बित्तिकै तराई–मधेस सदभावना पार्टीका सभासद् महेन्द्रराय यादवले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्न सरकारले कुनै पनि पहल नगरेको र  सभामुख सुवासचन्द्र नेम्वाङले पटकपटक गरेको निर्देश (रुलीङ) समेत कार्यान्वयन नभएको बताए ।

विपक्षी दलको अवरोधपछि सभामुख नेम्वाङले अर्काे बैठक ३० भदौ साँझ पाँच बजेका लागि बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>