समाचारसोमबार, भाद्र ३०, २०७१
संसदीय समितिले अख्तियार प्रमुखलाई बोलायो
अख्तियारको कामकार्बाहीबारे जानकारी लिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई बोलाइएको समितिका सभापति शेरधन राईले हिमालखबरलाई बताए । उनले आगामी ८ असोजमा अख्तियार प्रमुख कार्कीलाई बोलाइएको बताए ।
सभापति राईका अनुसार कार्कीको जवाफ चित्तबुझ्दो नभए समितिले निर्देशन दिनेछ । अख्तियार प्रमुख कार्कीको कार्यसम्पादनमा सार्वजनिक गुनासो आएपछि कार्य सम्पादनबारे बुझ्न समितिले बोलाएको हो ।
कार्कीले ठूला भ्रष्टहरुलाई जोगाएर सानातिर अल्मलिएको गुनासो आएको थियो । अख्तियारको कार्यसम्पादनबारे साप्ताहिक खबरपत्रिका हिमाल ले (१५–२२ भदौ अंकमा) रिर्पाेट लेखेको थियो ।
अख्तियारको कामै डाम्ने र काम्ने
