समाचारबुधबार, आश्विन १७, २०६९
यथास्थितिमा सरकार छाडिन्न: प्रधानमन्त्री
निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उनले सबै विषयमा शतप्रतिशत सहमति नभए पनि एकमुष्ट सहमति कायम गरी अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गरे ।
पूर्वाञ्चल विश्वविद्यालयको कुलपतिको हैसियतले विश्वविद्यालयको दीक्षान्त समारोहमामा भाग लिन मोरङको गोडगाउँ जान लागेका प्रधानमन्त्रीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै वर्तमान राजनीतिक सङ्कट हटाउनका लागि छिटोभन्दा छिटो सहमतिमा पुग्न राजनीतिक दल र सरकारबीच छलफल भइरहेको बताए ।
उनले निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनमा जानुपर्ने वताउँदै विगतका सरकारले गर्न नसकेका काम यो सरकारले पूरा गरेर देखाएको दावी गरे । शान्तिप्रक्रिया पूरा गरेकोतर्फ प्रधानमन्त्रीको संकेत थियो । रासस
