समाचारसोमबार, भाद्र ३०, २०७१
बामदेव र झलनाथका छोरा युवा संघमा मनोनित
संघको २९ भदौदेखि जारी विस्तारित बैठकले झलनाथकै सिफारिसमा निर्भिकलाई मनोनित गरिएको एमाले स्रोतले जनाएको छ । संघले अन्य पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
अन्य सदस्यहरुमा बासु नेपाल, सञ्जीव झा, नेत्र भण्डारी, खडक शाही र हर्क राईलाई मनोनित गरेको हो ।
यसअघि धुलिखेल बैठकबाट बामदेवका छोरा हरिशलाई मनोनित गरिएको थियो । अध्यक्ष बस्नेतले प्राय बैठकमा सदस्य थप्दै आएका छन् ।
संघका अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि विस्तारित बैठकबाट उपाध्यक्ष निरु पाललाई कार्याबाहक अध्यक्ष दिएको छ ।
