समाचारसोमबार, भाद्र ३०, २०७१
एमाले आन्तरिक विवादबारे छुट्टै बैठक बोलाइने
सिंहदरवारस्थित संसद सचिवालमा ३० भदौमा बसेको पदाधिकारी बैठकमा नेता माधवकुमार नेपाल, उ
पाध्यक्षहरू भीम रावल र युवराज ज्ञवाली र सचिव योगेश भट्टराईले पार्टीको पछिल्लो निर्णयबारे आलोचना गरेपछि यस्तो सहमति भएको हो ।
सचिव योगेश भट्टराईले हिमालखबरसँग भने, ‘‘अध्यक्षले मनोमानी निर्णय गर्दै अघि बढेकोमा हामीले आपत्ती जनाएपछि यस्तो सहमति भयो ।’’
बैठकले पीटीएबारे पार्टीको धारणा बनाएको छ । बैठकले पीटीएलाई नेपालको हित अनुकुल बनाउने निर्णय गरेको छ ।
