समाचारमंगलबार, भाद्र ३१, २०७१
सर्वपक्षीय सम्मेलन अनिश्चित
३१ भदौ बिहान ९:३० बजेका लागि तय गरिएको सर्वपक्षीय सम्मेलनको तयारीका लागि विहानै बसेको चार दलको बैठकमा नेकपा–माओवादीले शान्ति प्रक्रिया र संक्रमणकालीन राजनीतिक व्यवस्थानका विषय समेत सम्मेलनका अजेण्डा हुनुपर्ने अडान राखेपछि सम्मेलन अनिश्चित भएको छ ।
नेकपा–माओवादीकै माग अनुसार हुन लागेको सर्वपक्षीय सम्मेलनमा ऊ सहभागी नभए पनि सम्मेलन भने नरोकिने नेपाली कांग्रेस र एमाले नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरुको बैठकमा सहमति हुन नसकेपछि एमाओवादी नेताहरु बाहिरिएका छन् । उनहरुले पार्टी पदाधिकारी बैठकमा थप छलफल गर्ने समेत बताएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ९:३० बजेदेखि सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने भन्दै सरकारले यसअघि नै संविधानसभा भित्र रहेका र बाहिर रहेका समेत दलहरुलाई पत्राचार गरिसकेको छ ।
