समाचारमंगलबार, भाद्र ३१, २०७१
पहिरोले बाबु, आमा र छोरीको मृत्यु
अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले पश्चिम रोल्पाको जुगाँर– ५ खानिखोलाका जीतबहादुर पुनको घर पुर्दा उनीसँगै उनकी ४० वर्षीया श्रीमती कृष्णकला पुन र पाँच वर्षीया छोरी विपना पुनको ज्यान गएको छ । अर्काे कोठामा सुतिरहेका कान्छा छोरा भने सकुशल रहेको एमाले रोल्पाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।
पहिरोका कारण पुनको घरमा रहेका सात वटा बाख्रासमेत मरेका छन् ।
घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरेको इलाका प्रहरी जुंगारले जनाएको छ ।
योसँगै यस वर्ष रोल्पामा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
रासस
