समाचारमंगलबार, भाद्र ३१, २०७१

सार्क सम्मेलनकाे निम्तो दिन हिंडे मन्त्री पाण्डे

हिमालखबर

mahendra

आगामी मङ्सिर १० देखि ११ सम्म काठमाडौँमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गर्न नेपाल सरकारले परराष्ट्रमन्त्रीलाई खटाएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको निम्तो लिएर परराष्ट्रमन्त्री त्यसतर्फ लागेका हुन् ।

सार्कको परम्पराअनुसार सम्बन्धित राष्ट्र एवम् सरकार प्रमुखलाई औपचारिक रुपमा भेटेर निमन्त्रणपत्र हस्तान्तरण गर्ने प्रचलनअनुसार आफू त्यसतर्फ जान लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयकाअनुसार मन्त्री पाण्डेले ३ असोजसम्म माल्दिभ्स र श्रीलङ्काको भ्रमण गर्नेछन् ।

माल्दिभ्सका राष्ट्रपतिलाई १ असोज र श्रीलङ्काका राष्ट्रपतिलाई २ असोजमा भेटेर पत्र हस्तान्तरण गर्ने पाण्डेले बताए ।

त्यसलगत्तै मन्त्री पाण्डे संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन अबुधावी हुँदै न्युयोर्क प्रस्थान गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>